ताजा अपडेट »

सामुदायिक वनका अवस्था, अध्ययन र अवलाेकन गर्न वडागत अभियान

शनिबार, २१ पुस २०८०, १० : ५८
116 Shares
शनिबार, २१ पुस २०८०
116 Shares

बुटवल । सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाले तिनाउ गाउँपालिकाभित्र रहेका सामुदायिक वनका अवस्था,अध्ययन र अवलाेकन गर्ने हेतूले संरक्षणका लागि वडागत अभियान सञ्चालन गरेकाे छ ।

तिनाउ गाउँपालिकाभित्रका ६ वटै वडाहरुमा पुगेर सामुदायिक वनका वर्तमान अवस्था, हिसावकिताव, बैठक,आमभेला, साधारणसभा ,अधिवेशन र कार्ययाेजनाका विषयमा छलफल गर्ने उद्देश्यका साथ पाैष २० देखि माघ २६ गतेसम्म उक्त अभियान सञ्चालन गरिने कार्यक्रमका संयाेजक एवम् समितिका सचिव दिनेश जीसीले बताए ।

वडा नं १ का जनप्रतिनिधि यमबहादुर घर्तिले वनलाई संरक्षण गर्दै सही सदुपयाेग गर्न सबै सावउसहरुलाई अनुराेध गर्दै आफ्नाे वडाले वन र वातावरण जाेगाउन सक्दाे पहल गरेकाे बताए । उनले सामुदायिक वनहरु आफ्नै लागि गठन भएका हुन् भन्ने कुरा सबै उपभाेक्ता समूहलाई बुझाउनु पर्ने कुरामा जाेड दिए । 

साेही अनुसार शुक्रबार तिनाउ -१ कचलफाँटमा साे कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा समितिका अध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन समन्वय समिति,तिनाउले गर्दै आएका गतिविधिहरु र सहभागीले वन,वातावरण र जैविक विविधता संरक्षणमा उठाएका जिज्ञासा मेटाएका थिए । उक्त कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय,सचिव दिनेश जीसी, सहसचिव सावित्रा राना,राेमबहादुर लम्तरी,तेजकुमारी तरामू,प्रेम नेपाली  लगायतले सामुदायिक वनलाई जनताकाे धनका रुपमा प्रयाेग गर्न पहल गर्नुपर्नेमा जाेड दिए । साथै डढेलाे नियन्त्रणलाई सबै सावउसहरुले प्राथमिकतामा राख्नुपर्ने बताए । 

वनमा ढलापडालेमात्र आम्दानी बढाउने कल्पना नगर्न समेत  अनुराेध गर्दै तिनाउ सबडिभिजन वन कार्यालयका फरेष्टर नारायण घिमिरेले आयमुखी वृक्षराेपण गर्न जाेड दिए ।तिनाउ-१ कचलमा रहेका १४ वटा सावउसका पदाधिकारीहरुकाे सार्थक सहभागिता रहेकाे उक्त कार्यक्रममा प्राविधिक एवम् आर्थिक सहयाेग तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका,बुटवलले गरेकाे हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।