बुटवल । एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सडक सरसफाई गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसरमा विविध सामाजिक कार्यक्रम अन्तगरत शुक्रबार तिलोत्तमा नगरपालिकाको मंगलापुर चोकमा सरसफाई गरेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।
सरसफाईमा सहकारीका अध्यक्ष तारानाथ कंडेलसहित पदाधिकारी तथा सदस्यहरुका साथै कर्मचारीहरु समेत सहभागी थिए । सहकारीले स्थापना दिवसकै अवसरमा शनिबार रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ । संस्थाले बिगतका वर्षहरुदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया