ताजा अपडेट »

११५ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ

विहीबार, १९ पुस २०८०, १६ : ४४
170 Shares
विहीबार, १९ पुस २०८०
170 Shares

सुनसरी  । सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब १ सय १५ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हरिनगरा गाउँपालिका-६ ईदगाहबाट ७० किलोग्राम गाँजासहित पक्राउ पर्नेमा भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला छन् ।

प.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाई ६६ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । 

यसैगरी मोरङकाे बिराटनगर महानगरपालिका-१८ झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित पक्राउ पर्नेमा सोही महानगरपालिका-१८ बस्ने १९ वर्षीय नन्दु यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित गएराति पक्राउ गरेको हो । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।