ताजा अपडेट »

व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

विहीबार, १९ पुस २०८०, १५ : २५
156 Shares
विहीबार, १९ पुस २०८०
156 Shares

रौतहट । रौतहटस्थित व्यापारीलाई पटकपटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा बिजयपुर नगरपालिका–८ का  कलवारलाई पक्राउ गरेको जानकारी दिए । 

पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका ३४ वर्षीय कलवारले  एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाईल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक पटक फोन गरेर व्यापारी र उनको छोरा छोरीलाई ज्यान मार्ने धम्की दिएर ५ लाखदेखि ५० लाख रुपैयाँ माग गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए । घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरस् नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन् ।

पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताइन् । आपराधिक कार्यहरुलाई निष्तेज पार्न नागरिकबाट आएको सूचनालाई गोप्य राख्दै अनुसन्धानबाट कलवारलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । 

आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार ७ वर्ष कैद र ७० हजार जरिबानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।