ताजा अपडेट »

सुरु भयो नेपाल–भारत संयुक्त आयोगको बैठक

विहीबार, १९ पुस २०८०, १४ : ३५
66 Shares
विहीबार, १९ पुस २०८०
66 Shares

काठमाडौं  । काठमााडौंमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । 

काठमाडौंको होटेल याक एन्ड यतीमा सुरु भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् भने भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन् ।

बैठकमा सहभागी हुन बिहीबार काठमाडौंमा भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।