ताजा अपडेट »

राष्ट्रपति र भारतीय बिदेश मन्त्रीका बिचमा भेटबार्ता

विहीबार, १९ पुस २०८०, १२ : १४
114 Shares
विहीबार, १९ पुस २०८०
114 Shares

काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका छन । शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन । 

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका हुन । यसपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुग्नेछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।