ताजा अपडेट »

अदालतबाट भागेका थुनुवा पक्राउ

विहीबार, १९ पुस २०८०, ११ : ४१
74 Shares
विहीबार, १९ पुस २०८०
74 Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका एक थुनुवा पक्राउ परेका छन् । 

बुधबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका विमल खड्कालाई बिहीबार बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेर जेल चलान भएका उनीविरुद्ध पुन अर्काे मुद्दा परेपछि बुधबार अदालतमा लगिएका बेला फरार भएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।