ताजा अपडेट »

भारतीय दुताबासलाई योजना सिधै बाड्न दिन नहुने कमल थापाको मत

विहीबार, १९ पुस २०८०, ०९ : ४८
246 Shares
विहीबार, १९ पुस २०८०
246 Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय दुतावासले सिधै २० करोडसम्म बाढ्न पाउने अनुमति दिन लागेकोमा बिरोध गरेका छन् । आजदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय बिदेश मन्त्री एसजयशंकरको भ्रमणको क्रममा सो सहमति गर्न लागेको भन्दै थापाले आपत्ति जनाएका हुन ।  


‘भारतीय राजदुतावासले बिकास निर्माणको नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता हुनलागेको सुनिन्छ।यो गलत र आत्मघाती काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालमा भनेका छन, ‘विगतमा भएको गल्ती सच्याउनुको सट्टा थप गल्ती नगरौं।यसले समानान्तर सरकारको रुप लिन्छ,जुन नेपालको हितमा हुँदैन ।’

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।