ताजा अपडेट »

किवानिज क्लब अफ रुपन्देही लुम्बिनीद्वारा विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक साम्रागी

बुधबार, १८ पुस २०८०, १६ : २४
238 Shares
बुधबार, १८ पुस २०८०
238 Shares

बुटवल । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक साम्रागी वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा ७ स्थित सेमराबजार बजार माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सो साम्रागी वितरण गरिएको हो ।

 अहिले जाडोयामको समय सुरु भएकाले स–साना विद्यार्थीहरुलाई चिसोबाट जोगिन सहज होस् भन्ने उद्धेश्य र उनीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नका लागि न्यानो पोशाक तथा शैक्षिक साम्रागि वितरण गरिएको अध्यक्ष मनोज आचार्यले बताए ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेल, विद्यालयका प्रध्यानाध्यापक खेमराज पाण्डे लगायतले बोल्दै क्लबलाई समाजिक कार्यक्रमा निरन्तर रुपमा लाग्न आग्रह गरेका थिए । विष्णु प्रसाद भण्डारीको संयोजकमा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष मनोज आचार्यले गरेका थिए भने तिलोत्तमा नगरपारपालिका ७ का वडाध्यक्ष देविलाल पङगेनीको प्रमुख आथित्यतामा  रसम्पन्न भएको थियो ।

क्लबले केही दिन अघि मात्रै  तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५० विद्यार्थीहरुलाई सो साम्रागी वितरण गरिएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।