ताजा अपडेट »

तिनाउमा ईको शिक्षकका लागि इको शिक्षकको दायित्व र संस्थागत अभिमुखीकरण

बुधबार, १८ पुस २०८०, १६ : ०२
121 Shares
बुधबार, १८ पुस २०८०
121 Shares

पाल्पा । तिनाउका आधारभूत तथा माध्यमिक विद्यालयमा गठित विद्यार्थी वातावरण समूह (ईको क्लव) का ईको शिक्षकका लागि इको शिक्षकको दायित्व र संस्थागत अभिमुखीकरण कार्यक्रम बुधवार ,दोभानमा सम्पन्न भएको छ। कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाको संस्थागत अभिमुखीकरण र ईको शिक्षकको दायित्वका बारेमा संस्थाका अध्यक्ष दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । उनले आफ्नो संस्थाले विगत २२ वर्षदेखि हालसम्म वन, वातावरण  र जैविक विविधता सम्बन्धि सचेतीकरण, आयआर्जनमा  लगानी र खानी एवम् पानीका बारेमा पैरवी गर्दै आएको बताए । 

सोही कार्यक्रममा ईको क्लवमा बालसहभागिता र हरित विद्यालयकाू सम्बन्धमा सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सहजीकरण गरेका थिए ।  यसैगरि कार्यक्रममा ईको क्लवका केन्द्रीय संस्थापक अध्यक्ष दीपेन्द्र बडुवालले बर्दियाको जगदम्वा माविमा पढ्दाआफूहरुले सरसफाइ अभियान सञ्चालन गरि सिकाई अनुभव हासिल गरेको बताए । त्यसैगरी आफूले आफ्नो क्षमता अभिवृद्धिमा ईको क्लवलाई पहिलो सहयोगी क्लवका रुपमा लिएको बताए । उनले आफ्नो अनुभव र अनुभूति प्रकट गर्दै ईको क्लवमार्फत संरक्षणमा बालबालिकालाई उत्प्रेरित गर्न ईको शिक्षकलाई अनुरोध गरे । 

कार्यक्रम सहयोगी संस्थाका रुपमा बुटवल उपमहानगरपालिकाका कर्मचारी ठगिश्वर पोखरेलले तिनाउ जलाधार संरक्षणका लागि माथिल्लो तटीय क्षेत्रका ईको क्लव,वन समूह र नागरिक समाज लाग्नुपर्ने बताए । सहभागी विद्यालयकातर्फबाट पवित्रा गाहा ९ कल्याणी आधारभूत विद्यालय० र खडकबहादुर रायमाझी ९ तिलोत्तमा मावि० ले सिकाईलाई विद्यालयसम्म पुराउने अठोट गरे ।  कार्यक्रममा २० वटा विद्यालयका ईको शिक्षकहरुको सार्थक सहभागिता रहेको थियो । खडकबहादुर रायमाझीको संयोजकत्वमा १३ सदस्यीय सेन्स नेपालको पालिका स्तरीय सञ्जाल समेत गठन गरिएको छ । 

सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा र सेन्स नेपालको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत,महासचिव गणेश रास्कोटीले धन्यवादज्ञापन र सहसचिव सावित्रा गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिईन् । कार्यक्रमको अध्यक्षता सेन्स नेपालका उपाध्यक्ष भेषराज पोखरेलले गरेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।