ताजा अपडेट »

तिलोत्तमामा साहसी कदम नेपालको कार्यालय शुभारम्भ

सोमबार, १६ पुस २०८०, १७ : २८
196 Shares
सोमबार, १६ पुस २०८०
196 Shares

बुटवल । साहसी कदम नेपाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा कार्यालय शुभारम्भ भएको छ । कार्यालयको सोमबार एक कार्यक्रमको आयोजना गरी खेम ओमी प्रतिष्ठानका संरक्षक ओमी पुन बाट उद्घाटन गरिएको हो।

सामाज सेवि रहेकी ओमी पुनले साहसी कदम नेपालको उद्घाटन समारोहको अवसर पारी लैगिक तथा यौनिक अल्पसंख्यक हरुकोका लागि १ लाख ११ हजार रुपैयाँ रासीको अक्षयकोष समेत स्थापना गर्ने घोषणा गरिन ।
साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानामगरले अक्षयकोस बाट संकट्को बेला यौनिक तथा लैगिंक अल्पसंख्यक सहयोगको लागि सो कोष परिचालन गरिने बताइन । अध्यक्ष रानाले अक्षयकोषस्थापना दाता ओमी पुन लाई धन्यवाद ज्ञपान गरेकी थिइन । वि.स. २०७६ सालमा स्थापना भएको संस्थाले तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगर चन्द्रगेट मा कार्यलय स्थापना गरेको हो ।


कार्यालय समुद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोजी न्यौपाने, सचिव सायरा गुरुङ्ग, सह–सचिव अवन्तीका घर्ती सहित प्राविधिक सल्लाहकार रेशम न्यौपाने, परियोजना संयोजक हसना क्षेत्री, वकालत अधिकारी रोज मगर,पत्रकार अमृता अनमोल , कृष्ण खनाल ,बिन्दु भट्टराई लगायतयको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।