ताजा अपडेट »

बालकुमारी आन्दाेलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

शुक्रबार, १३ पुस २०८०, १६ : ३०
162 Shares
शुक्रबार, १३ पुस २०८०
162 Shares

काठमाडौं । बालकुमारी आन्दोलनको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरिएको हो।

शुक्रबार दिउँसो ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडी आगजनी गरेका थिए ।तनावग्रस्त बनेको बालकुमारीमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज, अश्रु ग्यास र गोलीसमेत चलाएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्। समितिले ७ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।