काठमाडौं । संघीय संसद सुचारु नभए पनि सो अन्र्तगतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन ।
'मिनि संसद' मानिएका संसदीय समितिहरु मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्योजन समिति गरी तीन समितिकाे बैठक बस्न लागेका हुन् । आज बिहानः ११ः३० बजे बोलाईएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बोलाईएको छ ।
सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल गर्नका लागि सो समितिको बैठक दिउँसो २ बजे बोलाईएको छ ।
प्रतिक्रिया