ताजा अपडेट »

अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाब

बुधबार, ११ पुस २०८०, १२ : ३३
106 Shares
बुधबार, ११ पुस २०८०
106 Shares

काठमाडौं ।  समाजवादी मोर्चाले आफ्ना काम कारवाहीको समीक्षा गरेको छ। आज बालुवाटारमा बसेको बैठकले मोर्चाले सातै प्रदेशमा गरेका भेलाहरु उत्साहपूर्वक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

मोर्चा, नेपालले संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षताका विषयमा उठेका भ्रमहरूलाई चिर्न देशको प्रमुख सहरहरूमा कार्यक्रम गर्ने भएको । बैठकमा मार्चाकै घटक नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी भएको पक्राउ पूर्जीबारे समेत छलफल भएको छ।  बैठकमा विप्लवले सरकारको यो कदमको विरोध गरेका छन्।  बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै चन्दले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाए। 

उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक बस्नेछ। सो बैठकले पक्राउ पुर्जीसहित थप राजनीतिक विषयमा निर्णय गर्ने छ। बैठकमा समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता थियो। गत असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए।

मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निष्कृयजस्तै छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।