बुटवल । भारतबाट आएका सार्पक सुटर र नेपाल प्रहरी बीच गोली हानाहान भएको छ । बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
सार्फ सुटरको रुपमा चिनिएका सुजितकुमार सिंहको समूह नेपाल प्रवेश गरेको सूचना प्राप्त भएसँगै निगरानी राखेको थियो । मँगलबार राती होली हानाहानपछि त्यसमध्येका मुख्य नाइके सिंहलाई हामीले पक्राउ गर्न सफल भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिइएको डीएसी न्यौपानले बताए। उनको खुट्टासहित शरीरका विभिन्न भागमा गोली लागेको प्रहरीले जनाएको छ। उनीमाथि बारा र रौतहटमा भएका हत्या घटनाका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ।
उनका साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसमेत बरामद गरेको छ। गएको कात्तिक दोस्रो साता कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा पनि सिंहकै समूह संलग्न भएको दाबी प्रहरीले गरेको छ।
प्रतिक्रिया