ताजा अपडेट »

भानु माविमा निर्माण हुने चारकोठे भवनको गृहमन्त्री पाण्डेयद्वारा शिलान्यास

सोमबार, ०९ पुस २०८०, १९ : ४३
87 Shares
सोमबार, ०९ पुस २०८०
87 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गरिएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिलान्यास गरेका हुन् ।

मन्त्री पाण्डेयले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको बताए । उनले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । विद्यार्थीको पठन–पाठनका लागि केही कक्षा कोठाको अभाव रहेकोले अब निर्माण हुने भवनले सहयोग गर्ने प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । उनले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको र चैत महिनासम्म निर्माणसम्पन्न हुने गरी सम्झौता भएको जानकारी दिए ।

‘भवनको फिनिसिङ लगायतका कार्यका लागि थप बजेट आवश्यक पर्छ, बजेटका लागि प्रदेश सरकारसँग माग गरेका छौं ।’–सुवेदीले भने । उनले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद दिँदै भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।