ताजा अपडेट »

मध्य गाजामा रहेको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा परी ७० जनाको मृत्यु

सोमबार, ०९ पुस २०८०, ११ : ४७
184 Shares
सोमबार, ०९ पुस २०८०
184 Shares

काठमाडौँ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार यस क्षेत्रमा ठूलो संख्यामा परिवार बस्ने भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। इजरायली सेनाले आक्रमणको रिपोर्टको अनुसन्धान गरिरहेका छन्। यस हमलामा परी घाइते भएका दर्जनौं मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ। सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार राति भएको आक्रमणबाट तीन घर प्रभावित भएका छन्। प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।