ताजा अपडेट »

सल्यानमा जेसीबी दुर्घटना हुँदा सहचालको मृत्यु

शनिबार, ०७ पुस २०८०, १२ : ३६
60 Shares
शनिबार, ०७ पुस २०८०
60 Shares

सल्यान । सल्यानमा जेसिबि दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्युु भएको छ । दुर्घटनामा परी जेसिबि सहचालक दाङको गढवा गाउँपालिका-५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ ।

शनिबार बिहान करिब ७ बजेतिर बागचौर नगरपालिका-३ स्यालागैरा स्थित ग्रामिण भित्रि सडक खण्डमा तिरुपाते कन्ट्रक्सनको रा १ क ८६९ नम्बरको जेसिबि आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।

जेसिबि चालक सल्यानको बागचौर नगरपालिका-२ का अन्दाजी २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।