ताजा अपडेट »

प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव : एनिमलको ब्यापार १ करोडमा झर्याे

शनिबार, ०७ पुस २०८०, ०८ : ३९
76 Shares
शनिबार, ०७ पुस २०८०
76 Shares

मुम्बई । एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ । यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो । तर अहिले पान इन्डिया अभिनेता प्रभासको फिल्म ‘सलार’ रिलिज भएपछि ‘एनिमल’को खेल सकिदै गएको देखिन्छ । 

अहिले चलचित्रको व्यापार घट्न थालेको छ । ‘एनिमल’ को ब्यापार माथी ‘सालार’ को प्रभाव प्रस्ट देखिन थालेको छ । सैकनिल्कको रिर्पोट अनुसार  ‘एनिमल’ले दैनिक सातदेखि १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै आएको थियो । तर रिलिजको २२ औं दिनमा फिल्मले १.०४ करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ । यो कलेक्शन फिल्मको रिलिज यताकै कम हो । तर, अब २२ दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ५३२.३३ करोड पुगेको छ ।

‘सालार’ को कुरा गर्ने हो भने साउथ सुपरस्टार प्रभास फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । फिल्मले पहिलो दिनमै सय करोडभन्दा बढी कमाई गर्दै यो वर्षकै सर्वाधिक ओपनर बन्ने भएको छ । यो  फिल्मको क्रेज हेर्दा अब कुनै पनि फिल्मलाई बक्स अफिसमा टिक्न मुस्किल भएको देखिन्छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।