ताजा अपडेट »

'तिनाउ  र बुटवल विकासको लागि  सामूहिक सहकार्य गराैं'

विहीबार, ०५ पुस २०८०, १८ : ५८
78 Shares
विहीबार, ०५ पुस २०८०
78 Shares


बुटवल  । पाल्पाको तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका बिचमा जिटुजी सम्झौता अनुसार विकास गर्नको लागि सरोकारवालाले जोड दिएका छन् । 

सामुदायिक वन समन्वय समितिका तिनाउ ३ पाल्पाको आयोजनामा दोभानमा आयोजना गरिएको ‘तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि हाम्रो  अभ्यास र अवसर विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रममा ’ बोल्दै सकरोकारवालाहरुले तिनाउ नदिको जलाधार संरक्षणको लागि दुई वटा पालिकाका बिचमा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले  तिनाउको संरक्षणको लागि पालिकाले प्रत्येक वर्ष १५ लाख रुपैयाँ तिनाउ गाउँपालिकालाई  उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसबाट मात्रै संरक्षण हुन नसक्ने बताएका थिए ।तिनाउ संरक्षणको लागि  आफ्नो तहबाट जहिले पनि सकारात्मक सहयोग गन गर्ने प्रतिबद्धता जनाउँदै उनले तिनाउ बुटवलको सिर भएको कारण त्यहाँको उत्पादन लाई बजारीकरण, प्रसोधानको लागि बुटवल महानगरपालिका सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए   ।

उनले तिनाउमा उत्पादन भएको दालचिनी, कृषि जन्य उत्पादनको बुटवलमा प्रशोधन उद्योग साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै यसको लागि तिनाउ पालिका बाट योजना लिएर आउनको लागि समेत आग्रह गरे । उनले साझा मुद्रामा सहकार्य  गरेर जान आवश्यक रहेको  जीटुजी मार्फत योजना निर्माण  गरी योजनाको पूर्ण रूपमा कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा बोल्दै  तिनाउ गाउँपालिकाका प्रमुख प्रेम  श्रेष्ठले बुटवल सँग सहकार्य गरेर जानको लागि  तिनाउ सरकार जहिले पनि तयार रहेको बताएका थिए ।  उनले जल संरक्षणका लागि तिनाउले जति पहल गरेको त्यसको पहल  त्यसको उपभोग गर्ने अन्य पालिकाहरूले पनि गर्नुपर्ने बताएका थिए ।  उनले खानेपानी संस्थान लगायतबाट तिनाउको लागि सहयोग यथेष्ट मात्रामा नभएको गुनासो समेत गरेका थिए ।

उनले सम्झौता अनुसार खानेपानी संस्थानले पालिकाको  खातामा नै प्रत्यक्ष रकम पठाएर त्यसमा थप गरेर जलाधार संरक्षणको लागि काम गर्ने बताएका थिए ।  उनले पुरानो सम्झौता  अनुसार १५ लाख रुपैयाँको योजना  खानेपानी संस्थानले गर्ने भन्ने कुरा भएको भन्दै त्यसलाई सच्चाएर पालिकाको खातामा नै रकम पठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक वन समन्वय समिति पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 कार्यक्रमा समन्वय बन समिति उपाध्यक्ष प्रेम प्रसाद पाण्डेय,  सचिव दिनेश जिसी लगाय बोल्दै तिनाउ विकास लागि जन क्षेत्रको सरक्षण गर्दे अधितम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।  प्रमुख प्रशासकीय अधिकृत, स्थानीय पालिकाका  वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।