ताजा अपडेट »

प्रचण्डले बालेनलाई भने - पहिला बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ

सोमबार, ०२ पुस २०८०, १२ : ५०
76 Shares
सोमबार, ०२ पुस २०८०
76 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई अरुका कुरा पनि सुन्न सुझाएका छन्।  सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किएपछि प्रधानमन्त्री दाहालले शाहलाई आफ्ना कुरा सन्दै नसुनी हिँडेको भन्दै गुनासो गरेका हुन्। 

प्रधानमन्त्री दाहाल बोल्नुअघि सम्बोधन गरेका शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको बताएका थिए । 

त्यसको जवाफ दिँदै दाहालले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म । म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।