ताजा अपडेट »

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक :  राष्ट्रिय सभा उम्मेदकारको लागि सिफारिस माग्ने निर्णय 

सोमबार, ०२ पुस २०८०, ११ : १४
118 Shares
सोमबार, ०२ पुस २०८०
118 Shares

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार बनाउन प्रदेशका रहेका प्रत्येक जिल्लाबाट एक एक जनाको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आज बुटवलमा बसेको बैठकले  प्रदेशका १२ वटै जिल्लाबाट एक एक सिफारिस  गरेर पठाउनेको  निर्देशन दिने निर्णय गरेको हो । बैठकले  हालै सम्पन्न लुम्बिनी प्रदेशको  प्रथम सम्मेलनको उपलब्धि मूलक भएको ठहर  गर्दे  सम्मेलनमा  पारित भएका  कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। 

यस्तै  प्रदेशमा रहेका स्थानीय तहमा नेपाली काङ्ग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय गरेको पार्टीका कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए। आजको बैठकमा केन्द्रीय सदस्य  तथा सांसद  डा चन्द्रकान्त भण्डारीको पनि  विशेष उपस्थिति रहेको थियो  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।