ताजा अपडेट »

गुल्मीमा एक लाख बढी कण्डम वितरण

आइतबार, ०१ पुस २०८०, १८ : ४१
64 Shares
आइतबार, ०१ पुस २०८०
64 Shares

गुल्मी । गुल्मीमा पछिल्लो एक वर्षमा एक लाख बढी कण्डम वितरण गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । गुल्मीको एक गैरसरकारी संस्थाले गुल्मी जिल्लामा १ लाख १५ हजार २ सय ८ वटा कण्डम वितरण गरेको हो ।

स्वास्थ्य कार्यालय गुल्मीको आयोजना र राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा भएको जिल्लास्तरीय सरोकारवालाहरुसँगको समन्वय तथा समीक्षा बैठकमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य कार्यालय सहयोगमा सो संस्थाले रेसुंगा नगरपालिकामा १२ हजार ४ सय ९५, मुसिकोट नगरपालिकामा ११ हजार ७ सय ९५, गुल्मीदरबार गाउँपालिकामा ५ हजार ४ सय ८०, सत्यवती गाउँपालिकामा १३ हजार २ सय ७, छत्रकोट गाउँपालिकामा ६ हजार ६ सय ७२, इस्मा गाउँपालिकामा १२ हजार ४ सय ७९ वटा परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिएको छ ।

यस्तै मालिका गाउँपालिकामा १२ हजार २ सय ७०, धुर्कोट गाउँपालिकामा ८ हजार ८ सय ७९, कालीगण्डकी गाउँपालिकामा १४ हजार ९१, रुरु क्षेत्र गाउँपालिकामा २ हजार ९ सय ५१, चन्द्रकोट गाउँपालिकामा ४ हजार ५ सय ६२, मदाने गाउँपालिकामा १० हजार ४ सय २७ गरी १ लाख १५ हजार २ सय ८ कण्डम वितरण गरिएको नार्डेक नेपालकी परियोजना संयोजक कमला विश्वकर्माले जानकारी दिए । पछिल्लो समय सचेतना बढ्दै गएपछि कण्डम प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको समेत उनले बताए ।

राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, गुल्मीे ग्लोबल फण्ड अन्तर्गत सेभ द चिल्ड्रेनसँगको साझेदारीमा गुल्मी र पाल्पा जिल्लामा प्रवासी र तिनीहरुका दम्पत्तीहरुको लागि लक्षित गरी एच.आई.भि. र टि.बी. रोकथाम कार्यक्रम सञ्चालद गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तरगत १ लाख १३ हजार ७ सय ३ गोटा कण्डम वितरण गर्ने लक्ष्य राखिएकोमा १ लाख १५ हजार २ सय ८ गोटा कण्डम वितरण गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।