ताजा अपडेट »

राष्ट्रिय झन्डा फहराएर सकियो एमालेको संकल्पयात्रा

आइतबार, ०१ पुस २०८०, १३ : ४४
116 Shares
आइतबार, ०१ पुस २०८०
116 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा समापन गरिएको छ । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका हुन् ।

यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए। आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो। 

एमालेले मध्यपहाडी क्षेत्रको बसाइँसराइ रोक्न भूमिका खेल्ने लक्ष्य लिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।