ताजा अपडेट »

मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर जाँदैछ: डा.चन्द्र भण्डारी

शनिबार, ३० मंसिर २०८०, १९ : ४३
70 Shares
शनिबार, ३० मंसिर २०८०
70 Shares

बुटवलमा जारी नेपाल जेसिजको ५० ओैं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन थिम सेमिनार सम्पन्न भएको छ । सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश भन्ने मुल नाराका साथ मंसिर २९ देखि महाधिवेशन शुरू भएको हो । 

दोस्रो दिनको थिम सेमिनारमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर गएको भन्दै चिन्ता ब्यक्त गरे । नेपाल छाड्ने युवापुस्ता दैनिक बढ्दै गईरहेको र रोजगारी सिर्जना गर्ने र युवालाई स्वदेशमै रोक्न सरकारले भूमिका नखेलेको उनको आरोप छ । भण्डारीले नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी रहेको उल्लेख गरे । भ्रष्टाचारीलाइ कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने र उनीहरूका सातपुस्तासम्म पनि समाजले नछाड्ने दाबि गरे।

युवापुस्तामा हरेक कुराको भिजन र सपना हुनुपर्ने र बिचार नहुने युवा नै नहुने दाबि गरे।भण्डारीले अब मुलुकको योगदानका लागि जलन अस्पताल बनाउन जेसिजलाइ आग्रह गरे। सो अवसरमा नेकपा एमालेका युवा नेता ठाकुर गैरेले यथास्थिति तोड्दै आलोचनात्मक चेत राख्न सक्ने ब्याक्ति नै युवा हुने उल्लेख गरे ।समाज रूपान्तरण गर्न सक्ने युवा अहिलेको आवश्यकता रहेको बताउदै कृषि,पर्यटन,शिक्षामा फड्को मार्नुपर्ने बताउनुभयो । अहिले युवाहरूलाइ देश छाड्ने रोग लागेको भन्दै बिदेशी मोह त्याग्न आग्रह गरे।

देशभक्तिको भावना कमजोर भएको उनको दाबी छ । देशमा सुशासनको सुनिश्चितताका लागि मूल बिषय बनाउन जेसिजलाई उनको आग्रह छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले सहकार्य बिना कुनैपनि सफलता नमिल्ने बताए। जनप्रतिनिधि र जनता बिचको दुरी घटाउनुपर्ने र मिलेर काम गर्नुपर्ने उल्लेख गरे । सांसद श्रेष्ठले सुचनाको बाढीका बेला सहि सुचना लिनुपर्ने बताए।

पूर्व मुख्य सचिव लिलामणी पौडेलले परिवार नै सबैभन्दा ठुलो विश्वविद्यालय रहेको बताए । सहनशीलता आफ्नै आमाबाट सिकेको स्मरण गर्दै पौडेलले बांडेर खाएकोले सुगन्ध छर्ने र एक्लै खाने दुर्गन्धित हुने उनको तर्क छ । मानव बिकासको आधारभूत आवश्यकता शिक्षा र परिवाररहेको उनको भनाइ थियो । सन्ततीलाई सहि शिक्षा र संस्कार दिनुपर्ने पौडेलको भनाइ छ ।

नेपाली,सेनाका पूर्व उपरथी प्रेम शाहीले हरेक कुरामा सफलताका लागि नैतिक प्रतिबद्धता चाहिने बताए । उनले देश मेरो हो भन्ने भावना नहुदासम्म देश बिकास नहुने उल्लेख गरे। शाहीले युवामा स्पष्ट सोच,योजना र भिजन हुनुपर्ने धारणा राखे । अध्यक्ष बिकास मानन्धरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मदन श्रेष्ठले गरेका थिए ।

यसैगरी महाधिवेशनमा आज नै बिजनेट टक कार्यक्रम सम्पन्न भएको छ । बिजनेट टकमा मुक्तिनाथ बिकास बैकका अध्यक्ष भरत ढकाल,खल्ती एपका डाईरेक्टर अमित अग्रवाल,उद्योग बाणिज्य संघ मोरङका पुर्व अध्यक्ष सुयोस प्याकुरेल ,स्वतन्त्र उर्जा उत्पादक संघमा अध्यक्ष एवं मरिससका महाबाणिज्यदुत गणेश कार्की लगायतले बोलेका थिए। सो कार्यक्रम बुटवल जेसिजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले संचालन गरेका थिए । यस्तै ककस पनि शुरू भएको महाधिवेशन डाईरेक्टर जगतबहादुर पोखरेलले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठलाई सम्मान गरिएको महासचिव चन्द्रकान्त डुम्रेले बताए।आजै निर्वाचन समितिले उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।आईतबार मतदान गर्ने तयारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।