ताजा अपडेट »

घुस लिएको आरोपमा अधिवक्ता पक्राउ

शुक्रबार, २४ माघ २०७६, १७ : ३९
16 Shares
शुक्रबार, २४ माघ २०७६
16 Shares

माघ २४,

काठमाडौं । घुस लिएको आरोपमा माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगर पक्राउ परेका छन् ।

नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।