ताजा अपडेट »

डा. केसी अनसन बसेपछि धनगढीबासीको बिराेध प्रदर्शन

शनिबार, ३० मंसिर २०८०, १६ : २३
64 Shares
शनिबार, ३० मंसिर २०८०
64 Shares

धनगढी । डा. गोबिन्द केसी बिरूद्ध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढीमा अनशन बसेपछि शनिबार प्रदर्शन भएको हो ।

उनी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थालेपछि प्रर्दशन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

डा. केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अबरोध गरेपछि उनी त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसेपछि स्थानीयले उनीबिरूद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।