काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् ।
उच्च अदालत पाटनको आदेशअनुसार उनले नविल बैङ्कमार्फत् जिल्ला अदालत काठमाडौँमा ३० लाखकाे बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।बिहिबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अब खाँणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारले जनाएको छ ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।
प्रतिक्रिया