ताजा अपडेट »

प्रश्नपत्रमा त्रुटि भेटिएपछि बुटवल उपमहानगरले कान्ति माविलाई सोध्यो स्पस्टीकरण

विहीबार, २८ मंसिर २०८०, १४ : ३६
68 Shares
विहीबार, २८ मंसिर २०८०
68 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कान्ति माध्यमिक विद्यालयलाई स्पस्टीकरण सोधेको छ । कान्तिले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्र इसाई धर्मबाट निकालीको र यति धेरै प्रश्नहरु एउटै हुँदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव परेको गुनासो आएको भन्दै उपमहानगरपालिकाले विद्यायललाई स्पस्टीकरण सोधेको हो ।

उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले पत्रलेखि विद्यालयमा सञ्चालित दोस्रो त्रैमासिक परीक्षाको कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो वुटवल’ को पश्न पत्रमा प्रश्न नं. ३ (क), प्रश्न नं. ४ (क) प्रश्न नं. ५(ख) (ञ) गरी ४ वटा प्रश्नहरु इसाई धर्मवाट निकालिएको पाइएकोले यति धेरै प्रश्नहरु एउटै हुँदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पारिएको भन्ने गुनासो सुनिन काएकोले के कति कारणले यस्तो भएको हो ? भनि स्पस्टीकरण सोधेका हुन् ।

साथै उक्त प्रश्नहरु निधारित विशिष्टिकरण तालिका अनुसार निर्माण गरिएका हुन वा होइनन् सम्बन्धित शिक्षकसंग यसको उचित जवाफ माग गरी ५ दिन भित्र उपमहानगरमा जवाफ पेश गर्न भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।