काठमाडौं । संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन् । सभामुख देवप्रसाद घिमिरेले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सचिवालयले जनाएको छ ।
सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
प्रतिक्रिया