बुटवल । विद्युत, इन्टरनेट, केबल, टेलिफोनका तार अव्यवस्थित हुँदा बुटवलमा जोखिम बढेकाले तत्काल व्यवस्थित गर्नु पर्ने एक कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् । सामाजिक परिर्वतन केन्द्र र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा मंगलबार भएको अव्यवस्थित तार व्यवस्थापन विषयक संवादमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सबैको नजर चोकमा रहने भएकाले विद्युतका पोलमा इन्टरनेट, केबल र टेलिफोनका तार व्यवस्थित गरेर सुन्दर शहर बनाउनु पर्ने बताए । तारको व्यवस्थापनका लागि एउटा निकायले मात्रै गरेर नहुने भएकाले सबै इन्टरनेट कम्पनी, टोलिफोन र केबलहरुको संयुक्त समिति बनाएर एकै पटक काम गरे मात्रै सकिने बताए । साथै उनले विद्युत र टेलिकमलाई समितिको नेतृत्व गरेर बुटवलमा रहेका अव्यस्थित तारहरुको तत्काल व्यवस्थापन गर्न आग्रह गरे ।
यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष समुन्द्र जिसिले उपभोक्ताहरुको गुनासो तार व्यवस्थापन गर्नु पर्ने बताउँदै दिर्घकानीलन समाधान खोज्न सम्बन्धीत निकायसँग आग्रह गरे। बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराइले विद्युतका पोलमा रहेका तार मात्रै नभई पृथ्वीलाई नै स्वच्छ गराउनु अहिलेको आवश्यकता रहेको बताए । विकासलाई मात्रै नहेरी विकास निर्माणको गुणस्तरलाई पनि नागरिकले विशेष ध्यान दिनु पर्ने उपाध्यक्ष भट्टराइले बताए ।
उद्योग संघका उपाध्यक्ष जिवकान्त काफ्लेले इन्टरनेट प्रयोग गरेर बन्द गरेपछि सम्बन्धीत इन्टरनेट कम्पनीले पुरानो तार हटाइदिए मात्रै अव्यवस्थित तार व्यवस्थापन गर्न सहज हुने बताए । नेपाल विद्युत प्राधिकरण बुटवलका प्राविधिक विष्णु प्रसाद भण्डारीले तारको व्यवस्थापनमा समाजको पनि महत्वपूर्ण भूमिका रहने बताएकाले अनावश्यक तार आफै पनि हटाउनु पर्ने बताए । साथै अहिले विद्युतको पोलमा केवल र इन्टरनेटका तार धेरै व्यवस्थित भएकाले सम्बन्धीत इन्टरनेट कम्पनीले तत्काल व्यवस्थापन गर्नु पर्ने बताए । ब्रोडव्याड नेपाल प्रा.लि.का हरिप्रसाद पौडेल, नागरिक केबल नेटका संचालक संजिव दर्लामी, नेपाल टेलिकम बुटवलका आउटसाइट शाखा प्रमुख गंगाराम बस्यालले बोल्दै जोखिममा रहेका तारहरुको जति सक्दो छिटो व्यवस्थापन गर्ने बताएका थिए ।
संवाद कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवनीप्रसाद पाण्डेले सहरी क्षेत्रमा तारको व्यवस्थापन नहुँदा धेरै दुर्घटना भएकाले सचेत हुनु पर्ने बताए । साथै उनले दुर्घटना नहुँदै त्यसलाई समाधान गरेर सम्भावित दुर्घटनाबाट बच्नु राम्रो हुने बताए । कार्यक्रममा उद्योग व्यापार संघ बुटवलका महासचिव पदम जिसि, जेष्ठ नागरिक मंचका सदस्य हरिप्रसाद कंडेल, होटल तथा रेटुरेण्ट व्यवसायी संघ बुटवलका महासचिव अर्जुन थापा, उद्योग व्यापार संघका महासचिव पदम थापा, शिव टोल विकास संस्थाका सुवास चन्द्र ढकाल, वातावरण अधिकारकर्मी गंगा पोखरेल, गुरुप्रसाद भट्टराईले बोल्दै तारबाट असुरक्षा बढेकाले तत्काल दिर्घकालिन सामाधान खोज्न आग्रह गरेका थिए ।
कार्यक्रममा समाजिक परिर्वतन केन्द्रका हुमराज भुसालले कार्यक्रम आयोजना गर्नुको कारण माथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया