बुटवल । नागरिक पहिलो अभियान, नेपालले यही मंसिर १५ गतेदेखि आगामी चैत्र मसान्तसम्मको अभियानको कार्यक्रम सार्वजनिक गरेको छ । त्यस अन्तरगत पहिलो चरणमा राजनैतिक र बैचारिक र संङ्गठनात्मक , दोश्रो चरणमा आन्तरिक पंङ्गतिमा देश भित्र र प्रवासमा अभिमुखीकरण र तेस्रो चरणमा जनपरिचालन र संघर्ष, चौथो चरणमा अभियानको समिक्षा गर्ने निर्णय गरेको छ ।
अभियानको हालै काठमाडौंमा बसेको बैठकले गत मंसिर ११÷१२ गते काठमाडौंमा भएको प्रथम राष्ट्रिय भेला र त्यो भेलाले देशमा नागरिक पहिलो पिपुल्स फस्ट अभियानको घोषणाको समिक्षा गर्दै उक्त कार्यक्रम उत्साहजनक सहभागितामा, भब्य र शानदार रुपमा भएको र यो घोषणाले देशको राजनैतिक बृत्तमा मात्रै नभएर आम नागरिकको समेत ध्यानाकर्षण पनि गरेको समिक्षा गरेको छ ।
बैठकले अभियान लाई बेबस्थित गर्नका निम्ति कार्यालय, सुचना तथा संचार प्रविधि कार्यदल,जनपरिचालन कार्यदल, देशका मुख्य पाँच समस्या जसमा सुशासन , जनलोकपाल, लोकतन्त्र, आर्थिक संकट लगाएका मुख्य राष्ट्रिय समस्याहरुको पहिचान गरि माग पत्र तय गर्न पाँच वटा बिषयगत राष्ट्रिय बहस र अन्तरक्रिया माघ मसान्त भित्र गर्ने र त्यसका लागि एउटा विज्ञ सहितको कार्यदल गठन गरेको छ । बैठकले राष्ट्रिय भेलाको मुल स्प्रिट र मर्म अनुसार अभियान परिचालनको निम्ति सात प्रदेश बाट ७÷७ जना र प्रवासबाट दुई जना सदस्य गरिसहित तत्काल ५१ सदस्य केन्द्रीय कार्यदलको गठन गरेको छ ।
सबैको स्बभिमान र सबैको सम्बृद्धि भन्ने मुल नाराका साथ उदाएको नागरिक पहिलो अभियानले देशमा रहेका मुख्य पाँच समस्या ,पाँच समाधान र पाँच काम लाई एक अभियानको माध्यमबाट समाधान गर्न सकिने निष्कर्ष निकालेको कुरा आफ्नो घोषणा सभामा सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया