ताजा अपडेट »

तिलोत्तमा ६ मा ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान

मंगलबार, २६ मंसिर २०८०, १० : ५०
96 Shares
मंगलबार, २६ मंसिर २०८०
96 Shares

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ८० देखि ८५ वर्ष सम्मका ६५ जना येष्ठ नागरिकलाई सम्मान गरिएको हो । गत वर्षकै निरन्तरता स्वरुप उनीहरुको स्वास्थ्य चेक जांच गरि कम्मल , यातायात खर्च र सम्मान पत्र सहित सम्मान गरिएको वडाध्यक्ष गणेश पाठकले बताए ।

सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खांणले परिवारको खुसि भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खांचो रहेको बताए । आफ्ना बुवाआमालाई राम्रोसंग हेरचाह नगरेको कुनै समस्या पालीकाभित्र देखापरेका नगरमा खबर गर्न समेत उनले आगैह गरे ।

ठुलाबडाको आशिर्वादले नै साना अघि बढ्न सक्छन्, उनले भने, ज्येष्ठ नागरिकलाई सम्मान गर्न नजान्ने सन्तानले सुख पाउंदैन । संस्कार, रिती जोगाउन समेत ज्येष्ठ नागरिकले सिकाउने भन्दै उनले पालीकाले उनीहरुका लागि विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।