ताजा अपडेट »

नेपाल स्वयं सेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान

शनिबार, २३ मंसिर २०८०, १५ : २५
58 Shares
शनिबार, २३ मंसिर २०८०
58 Shares

बुटवल । नेपाल स्वयं सेवी रक्त दाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ३२ ओँ श्रृङखला आज तिलोत्तमा नगरपालिका वार्ड नंं• ५ मणिग्राममा सम्पन्न भएको छ।

नेपाल स्वयं सेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षता ,तिलोत्तमा नगरपालिका वार्ड नं• ५ का वार्ड अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यता र संस्थाका बरिस्ठ उपाध्यक्ष पूर्ण चन्र्द सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम नियमित रक्तदाता जुना कुँवरले १२ ओँ पटक रक्तदान गरेर शुभारम्भ भएको थियो।

रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्देश्यले स्थापित संस्थाको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम शाखाका अध्यक्ष टेकबहादुर थापा , समाजसेवी चण्डी प्रसाद पाण्डे , संस्थाका सल्लाहकार राजेन्द्र कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए।

एनएमबी बैकको सहकार्यमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सागर पाठकले गरेका थिए। कार्यक्रममा लगभग साठी युनिट रगत संकलन भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।