ताजा अपडेट »

न्यु लाइट कलेजमा वक्तृत्वकला प्रतियोगिता

शुक्रबार, २२ मंसिर २०८०, १० : ४३
88 Shares
शुक्रबार, २२ मंसिर २०८०
88 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा १, शंकरनगरमा रहेको कलेज न्युलाइट कलेजमा अतिरिक्त कार्यक्रम अन्तर्गत आज शिक्षामा प्रविधिको प्रयोग र आवश्यकताविषयक वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । कक्षा एघार, बार र स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भएको यस कलेजमा १००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।

अतिरिक्त कार्यक्रममा छुट्टै पहिचान बनाएको यस कलेजमा हरेक शुक्रबार पठन पाठन सहित बालबालिकाकाको मनोभावना अनुसार विविध परियोजना सहितका कृयाकलाप हुने गर्दछन। कलेजका अतिरिक्त कार्यक्रम प्रमुख खेमराज खनालको अध्यक्षता , क्याम्पस प्रमुख रमेश ज्ञवालीको प्रमुख आतिथ्यतामा र शैक्षिक संयोजक राजेन्द्र कुँवरको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक गोकुल पाण्डेले सञ्चालन गरेका थिए।

कक्षा एघारदेखि स्नातक चौथो वर्षसम्मका विभिन्न तह र संकायका विद्यार्थीलेसंयुक्त रुपमा सहभागी भएको कार्यक्रममा बिबिएस प्रथम बर्सकी सुधा खरेल प्रथम, कक्षा ११ कि सरिता थापा द्वितीय, सिम्रिका बोहोरा तृतीय र क्षितिज खाम्चाले सान्त्वना स्थान हासिल गरेका थिए। सहायक प्राध्यापक तेज प्रसाद पौडेल र टंक पोखरेलको निर्णायकत्वमा सम्पन्न कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो। पुरस्कार वितरण समारोहमा बोल्दै कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले अहिले किताबी ज्ञानले मात्रै विद्यार्थीको क्षमता मापन गर्न सकिँदैन ।

उनीहरुमा रहेको आन्तरिक र बौद्धिक क्षमता मापनका लागि यस्ता कार्यक्रम सहायक सिद्ध हुने कुरा बताए । न्यु लाइट कलेज विद्यार्थीको क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन , वचन र कर्मले लागि परेको क्याम्पस प्रमुख रमेश ज्ञवालीले मन्तव्यका कार्यक्रममा विचार व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।