ताजा अपडेट »

यू-१९ एसिया कपमा आज पाकिस्तानसँग भिड्दै नेपाल

शुक्रबार, २२ मंसिर २०८०, ०८ : ०६
104 Shares
शुक्रबार, २२ मंसिर २०८०
104 Shares

बुटवल । एसिसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । यो खेल दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र तेस्रो खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका २ शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।

यू-१९ एसिया कपको ८ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।

नेपालको टोली :
देव खनाल (कप्तान), दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।