ताजा अपडेट »

बुटवलको धनवर्षा सहकारीद्वारा ७१ प्वाइन्ट रगत संकलन

विहीबार, २१ मंसिर २०८०, २१ : २६
66 Shares
विहीबार, २१ मंसिर २०८०
66 Shares

बुटवल । धनवर्षा बचत तथा ऋण सहकारी सस्थाले विहिबार नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यकमका अध्यक्ष एवं सस्थाका अध्यक्ष राधाकृष्ण देउलाले रक्तदान जीवन दान भएको बताउँदै बुटवलमा रगतको अभाव हुन नदिन केही सहयोग पुगोस भनेर नियमित रूपममा बर्सेनी रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकीले रक्तदाताहरूलाई प्रमापत्र वितरण गर्दै यस्तो सामजिक पुन्य कामको निकै महत्त्व रहेको बताए । कार्यक्रममा अटो ब्यवसायि, मजदुर र उनका परिवारले रक्तदान गरेका थिए । सो अवसरमा एकहत्तर प्वाईन्ट रगत संकलन भएको कार्यक्रम संयोजक राम शाहिले जानकारी दिए ।

संकलित रगत र एकथान रक्तचाप परीक्षण गर्ने उपकरण बुटवल रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको सहकारी संस्थाका ब्यवस्थापक रचना पन्थीले बताईन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।