बुटवल । बुटबल बहुमुखि क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्तरीय अन्तर कलेज भलिवल प्रतियोगिता सुरु भएको छ । रुपन्देहीका १३ वटा कलेजको उपस्थीतिमा विहिबारदेखि भलिबल प्रतियोगिता सुरु भएको हो ।
विहिबार लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ इन्टरनेशनल कलेज बिच भएको उद्घाटन खेलमा सिद्धार्थ इन्टरनेशनल कलेजले सोझो २ सेट हान्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । लुम्बिनी बाणिज्य क्याम्पस पहिलो खेलबाटै बाहिरीएको छ । विहिबार नै भएका अन्य खेलमा लुम्बिनी बौद्ध विश्वबिद्यालय र लुम्विनी इन्जीनियरिङ कलेज पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै अक्फोर्ड कलेज र शहिद नारायण पोखरेल क्याम्पस भने पहिलो खेलबाटै बाहिरीएका छन् भलिवल प्रतियोगिताको उद्घाटन गर्दै प्रोफेसर डा अन्नत पन्थीले स्वास्थ्यको लागि खेलकुद अपरिहार्य भएको हुंदा सबै बिद्यार्थी नियमित खेलकुदहरु खेल्नुपर्ने बताए । भलिवलको माध्यमबाट खेलकुदलाई प्राथमिकता दिंदै क्याम्पसबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बुटबल बहुमुखि क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पस भएकोले नेपाल भरी नै यसको छुट्टै पहिचान भएको बताए । स्वर्ण महोत्सवको अबसरमा अन्तरकलेज हाजिरि जवाफ प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको बताए कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन स्ववियु सभापति दुर्गबहादुर एम सि, प्राध्यापक सुर्य बहादुर जि सी, डा. टिकाराम न्यौपाने मन्तव्य राख्दै क्याम्पमा यस्ता बिभिन्न खालका कार्यक्रमहरु गर्दा बिद्यार्थीहरुले हरेक कुराहरुको अवसर पाउने बताए ।
यस्ता खालका खेलकुदका कार्यक्रमहरु निरन्तर राख्न आग्रह गरे कार्यक्रम बुटवल बहुमुखी क्याम्पसका प्रमुख खिमानन्द न्यौपानेको अध्यक्षता तथा प्राध्यापक कुलानन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया