ताजा अपडेट »

गुल्मीमा बालिकाको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले उपचार नगरी घर फर्काए

विहीबार, २१ मंसिर २०८०, १० : ४१
60 Shares
विहीबार, २१ मंसिर २०८०
60 Shares

गुल्मी । आर्थिक अभावका कारण उपचार गर्न लगेकी गुल्मीकी एक बालिकालाई आर्थिक अभावका कारण अभिभावकले फर्काउन बाध्य भएका छन् ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका १ बलिथुम स्थित खिम बहादुर कुमालकि १८ महिनाकि छोरी मनिकला कुमाललाई उपचार गर्नका लागि आर्थिक अभाव भए पछि परिवारले घर लगेका हुन् । ‘छारे रोगले पिडित ती बालिकालाई गाउँमा २० हजार खोजेर पाल्पाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाएका थियौँ । त्यो पैसा हिजै सकिएछ ।’– स्थानीय समाज सेवि शिब गौतमले भने ‘उपचार खर्च अभाव बालिकालाई फर्काउनु पर्ने अवस्था आएकोले सबै सङ्ग सहयोगका लागि अपिल गर्दछौं ।’

बाबु खिम बहादुरले हिजो नै १९ हजार सकिएको र अहिले आफुसँग जम्मा एक हजार मात्रै बाँकी रहेकोले बिरामी छोरी फर्काउन पर्ने अवस्था आएको बताए । ‘पचास हजार थरौटि मागेका छ्न मेरो केहि उपाय छैन उनले भने सबै सँग सहयोगको लागि अनुरोध गर्दछु ।’– उनले भने । यस सम्बन्धमा गुल्मीदरबार गाउँपालोका अध्यक्ष सरोज कुमार थापाको ध्यानकृष्ट गराउदा डकुमेन्ट मेल गरेर पठाए पालिकाले नियम अनुसार सहयोग गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।