ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

विहीबार, २१ मंसिर २०८०, १० : २७
102 Shares
विहीबार, २१ मंसिर २०८०
102 Shares

काठमाडौँ ।  नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन् । 

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गरेकी थिइन्। बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।