ताजा अपडेट »

एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न सार्वजनिक लेखा समितिकाे बैठक बस्दै

बुधबार, २० मंसिर २०८०, १० : ३०
62 Shares
बुधबार, २० मंसिर २०८०
62 Shares

काठमाडाैं । सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ । 

एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो । 

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।