ताजा अपडेट »

'औषधि खान मान्दैनन् हात्तीपाइले रोगका बिरामी'

शुक्रबार, २४ माघ २०७६, ०९ : ५६
18 Shares
शुक्रबार, २४ माघ २०७६
18 Shares

माघ २४,

काठमाडौं । सर्वसाधारणमा गलत धारणा रहेकाले हात्तीपाइले रोगका बिरामीले औषधि खान नमान्ने गरेको पाइएको छ । विशेषगरी सहरी भेगका बासिन्दा नै औषधि खान हिच्किचाउने गरेका छन् । शिक्षित वर्गले नै यो औषधि खान नमान्ने गरेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले बताए । ‘हात्तीपाइले रोगबारे कम बुझेकाले औषधिको साइड इफेक्ट हुन्छ भनेर औषधि खाँदैनन्,’ उनले भने, ‘कतिलाई यो औषधि बिदेशबाट ट्रायल गर्न ल्याइएको भन्ने भ्रम छ ।’ विश्व स्वास्थ्य संगठनबाट परीक्षण गरी गुणस्तरीय मानिएको औषधि नै नेपालमा चलाइएकाले पूर्ण रुपमा सुरक्षित रहेको उनले बताए । –कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।