ताजा अपडेट »

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल

सोमबार, १८ मंसिर २०८०, २० : २१
140 Shares
सोमबार, १८ मंसिर २०८०
140 Shares

गुल्मी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले व्यवस्था उल्टाएर दलितहरुको अधिकारलाई कुण्ठित गर्न खोजिएको आरोप लगाएका छन् ।नेपाल दलित मुक्ति मोर्चा विशेष गुल्मी जिल्ला भेलालाई सोमबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उनले माओवादी बाहेक  दलितको मुक्ति अरु पार्टीबाट सम्भव नभएको समेत दाबी गरे ।

दलितलाई पशुतुल्य व्यबहार गर्ने सामन्ती  राज संस्था फर्काएर दलितलाई पहिलाको  जस्तै अवस्थामा पुराउने कुचेष्टा  गरिरहेको  बताउँदै उनले यसका विरुद्ध आम दलितलाई संगठित गरि प्रतिबादमा उत्रिन आग्रह गरे ।

राणा शासन र राजतन्त्रकालमा दलितहरुलाई कानुन बनाएरै चरम जातीय विभेद, दमन शोषण,  र अत्याचार गरिएको ईतिहास स्मरण गरनए । विगतमा दलितहरुलाई राज्य संयन्त्रमा छिर्न नदिने गरिएको  थियो  बताउँदै उनले फेरि उहीँ व्यवस्था उल्टाउन खोजिएको भन्दै त्यसका विरुद्ध लाग्न आग्रह गरे । उनले दलित समुदायका  नेताहरु समानुपातिक सांसद बन्नका लागि  वा अन्य अवसर प्राप्तिका लागि मात्र माओवादी पार्टीमा नलाग्न चेतावनी दिँदै दलित  समुदायको हक हित नै सर्बोपरी ठानेर  नेतृत्वदायिक भूमिका खेल्न  सुझाव दिए ।

कार्यक्रममा  दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश कमिटी सचिब दुर्गा विक (अविरल)ले  माओवादी बाहेकले  दलित  समुदायको  मुक्ति दिलाउन नस्क्ने दावि गरे । भेलामा  पार्टिका केन्द्रिय सदस्य बिरबहादुर कार्की,  जिल्ला पार्टी सचिब अशोक थापा, पूर्व  प्रदेश सांसद गीता थापा, सिता विश्वकर्मा  दलित आन्दोलनलाई जारी राख्न आह्वान गरे । सोमबार माओवादी केन्द्र गुल्मीले  सदरमुकाम तम्घासमै रेसुङ्गा नगरपालिका,  मुसिकोट नगरपालिका र गुल्मीदरबार  गाउँपालिकाका अगुवा कार्यकर्तालाई  विशेष प्रशिक्षण दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।