ताजा अपडेट »

काँग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मलेन बुटवलमा सुरु, सभापती देउवाद्धारा उदघाटन

शनिबार, १६ मंसिर २०८०, १३ : ४१
89 Shares
शनिबार, १६ मंसिर २०८०
89 Shares

बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुइ दिन सम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापती शेरबहादुर देउवाले उदघाटन गरे ।

सम्मेलनमा सभापती देउवा,बरिष्ठ नेता डा. शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर,केन्द्रिय सदस्य लगायतका नेताहरु र लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरुको सहभागीता रहेको लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले जानकारी दिए । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापती,क्षेत्रीय सभापती,जिल्ला सभापती,भातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारीहरुको सम्मेलनमा सहभागीता हुनेछ ।


प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले बताए । उदघाटन सत्रमा नेताहरुले सम्बोधन गरेपछि बन्दसत्रमा राजनीतिक प्रतिवेदन,सांगठनीक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदन माथि गम्भिर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझाव सहितको निचोड निकालीने प्रदेश सभापती पुनले बताए । प्रदेश सम्मेलनमा पार्टीको कामकारवाहीका साथै संघीय लोकतान्त्रीक गणतन्त्र कार्यान्यनको बारेमा समेत व्यापक छलफल हुने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।