ताजा अपडेट »

सपना बुन्नमा अब्बल हामी नेपाली !

शनिबार, १६ मंसिर २०८०, ०९ : ३७
97 Shares
शनिबार, १६ मंसिर २०८०
97 Shares

हामी नेपाली सपना बुनी संसारमा चर्चित बन्ने प्रयास गर्दछौ । सपना उत्कृष्ट तयार गर्छौ तर यथार्थमा तालमेल नै गर्दैनौ । हामी हरेक क्षेत्रमा अब्बल सपनाको परिकल्पना गर्छौ र वास्तविकतामा शुन्यमै रहन्छौ । ती क्षेत्रहरु निक्यौल गरौ ।


जन्मपुर्व देखि मृत्युसम्म साधारण मानिसमा रहने वा देखिने सपना

जन्मपुर्व छोरा जन्मियोस भन्ने बा आमाको सपना,जन्मियो हुर्कियो राम्रो पढोस भन्ने सपना, हाम्रो गरिबी निवारण गरोस भन्ने सपना,उक्त व्यक्ति उपर सकरात्मक र नकारात्मक मिश्रितरुपको सपना,भविष्यलाई सुन्दर सहित आफन्तिसग राम्रो सम्बन्ध र कुशल परिवार सन्चालन गर्ने सपना । साच्चै हामी सपना बुन्छौ । न त स्वास्थ्य रहन स्वास्थ्य प्रणाली ठिक छ, न त पढ्न र जागिर खाने शिक्षा प्रणाली नै ठिक छ , देशमा बसोस भन्ने बा- आमाको सपना टुक्राएर विदेश वाध्यता छ । सपना सपनामा मात्र सिमित छ। न त बा- आमा खुसि छन न त उ व्यक्ति ।

भुगोलमा सपना
देशको एक चिम्टी माटोमा अरुको हस्तक्षेप हुन दिने छैनौ , लिपुलेक र कालापानी हाम्रो हो, हामी गोर्खाली हौ ,हाम्रो योगदान र बलिदानको कदर र संरक्षण गर्छौ भन्ने गित गायौ,संसदमा भाषण गर्यो र किताबमा लेख्यौ ।यी हरेक सपना मात्र भए। नक्सामा राखेको कालापानी र लिपुलेकको त्यो चुच्चो भाग कता गयो? नेपाललाई स्विजरल्याण्ड बनाउन्छु भन्ने आहा त्यो मीठो सपना कहाँ चुहियो?

राजनीतिमा सपना
हरेक ५ वर्षको चुनावमा निशुल्क वितरण गरिने त्ययो चकित पार्ने खालका ती घोषणापत्रका खेस्राहरु मिठा सपना वितरण गरेका फाल्टु वाक्यहरुको संग्रहको रुपमा रहेका छन। ती घोषणापत्रमा उल्लेख भएका केहीपनि वाक्य पूरा गरेको अवस्था छ ? सिधा जवाफ छैन। मिसन ८४,राजतन्त्र र गणतन्त्रको वहस,चिल्लो र पोषिलो भाषण पुन बुन्दै गरेको र पूरा नहुने सपना हुन।

खेलमा सपना
नेपालले विश्वसामु पहिचान निर्माण गर्न सक्ने केही आश देखाईरहेका खेलमा सम्म सपना बुनिदै छ । हरेक प्रदेशमा एउटा अन्तराष्ट्रिया रैगशाला ,खेलमा आत्मसन्तुष्टस जनाउने खालको खेलाडीमा पारिश्रमिकको व्यवस्था ,हरेक खेलको जितमा वितरण गर्न भनी घोषणा भएका ती सम्मानहरु पनि सपनामा मात्र सिमित छन। ती सपना पूरा होलान? हुदैनन किनभने गौतमबुद्व अन्तराष्ट्रिय रंगशाला,जाम भएका ती गनहरु,फाटिएका ती खेलाडीमा चप्पलहरु र भाचिएका ती ब्याटहरु यथार्थमा आधारित उदाहरणहरु हुन ।

जनताको ईच्छामा सपना

वर्तमान समयमा पनि जनताको ईच्छा राजतन्त्र वा गणतन्त्रमा भन्ने वहसमा छ? २०८४ मा के होला भन्ने सपना अहिले नै जनताले देखेका हुन त? हरेक युवायुवति वृद्व बा- आमालाई छोडी विदेश जाने सपना निर्माण गरेका हुन त? लाशले सन्तान खोज्ने सपना निर्माण हुँदै छ । विश्वासमा पनि विश्वासिलो सपना, घरको ऋण तिर्ने सपना देखेर पुन ऋण लिएर विदेश जाने सपना, लाशले सन्तान र सन्तानले लाशको अनुहार हेर्न पाउने सपना झन घातक सपना हुन ।

निश्कर्ष
केही माग्दिन अब सपना देख्दिन। यथार्थमा जे आउन्छ त्यहि भोग्छु । सपना देखेर संघर्ष गर्न सकिन्छ भन्ने विश्लेषणात्मक सोच उपर मेरो तर्क सपना देखेर संघर्ष गर्दा पनि प्रतिफल प्राप्त गर्न नसक्ने समयमा कति पीडा र नमज्जा हुन्छ भन्ने थाहा छ? संघर्ष गर्न सपना होईन यथार्थ र प्रतिफल आवश्यक पर्छ।हामी हाम्रो सपना देख्न ज्योतिषिको त्यो भविष्यदर्शि सपनासग जुध्छौ । सपनासग जन्मिएका हामी सपनासगै अन्त्य हुन्छौ । र, यो पनि त सपना हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।