बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ ।
३२ बर्षिय राजकोटीको मंसिर १२ गते शल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित मृतकका आफन्तले भावनाको मृत्यु चिकित्सको लापरबाही बाट भएको भन्दै चिकित्सकलाई कारबाही र पिडितलाई क्षतिपुर्ति दिन माग गर्दै विवाद गरेका थिए ।
पछि विवाद बढ्दै गएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डन डा। राजेन्द्र बस्याल माथी कुटपिट गरेका थिए । त्यसपछि भावनाको शब उठ्न सकेको थिएन ।
सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रिया मार्फत ५ किलोग्रामको छोरालाई जन्म दिएकी थिइन ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिकित्सक, मृतकका आफन्त, स्थानिय तहका पदाधिकारी सहित बसेको बैठक पछि शव उठाउने विषयमा सहमती भएको बताए ।
अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको संयोजनमा बैठक बसेको थियो ।
अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख पाण्डेयले मृतकका २ जना बच्चाहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख रुपैयाँ र गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख रुपैयाँ दिने तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमति सर्वपक्षिय छलफलमा निर्णय भएको बताए ।
प्रतिक्रिया