ताजा अपडेट »

गुल्मी पराल्मिका एक युवा रेल दुर्घटनामा घाइते

शुक्रबार, १५ मंसिर २०८०, १९ : ०१
107 Shares
शुक्रबार, १५ मंसिर २०८०
107 Shares


गुल्मी। हिजो बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि गाउँका अन्दाजी २० वर्षिय चित्रबहादुर पाच्या घम्भिर घाइते भई त्यहाँको एक अस्पतालमा उपचार गराई रहेका छ्न ।

जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मि स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर महाराष्ट्रको उल्लास नगर स्थित रेलको लिकमा बेहोस अबस्थामा भेटिएका थिए । उप्त कुरा जानकारीमा आए पछि प्रवासि नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति शपति शंकर बिक , प्रबक्ता खबत बिश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुराएका थिए ।

त्यहाँ उपचार सम्भव नभए पछि उनलाई मुम्बईको साईन हस्पिटलमा लगेर उपचार गराईएको र आज विहान उनको होस खुलेको जनाईएको छ । घटनास्थल देखि अस्पताल सम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका- ३ धरमपानीका बिष्णु गौतमले भने उहाँको घाटि र टाउकोमा घम्भिर चोट लागेको छ । हात खुट्टा केहि भएको छैन । अहिले होस खुलेको छ र अवस्था खतरामुक्त देखिएको छ ।
सभापति रोकायले खोजतलास गर्दै जादा साढे दुई घण्टा पछि महाराष्ट्र मै रहेका घाइतेका बाबु यमबहादुरलाई सम्पर्कमा ल्याएको गौतमले बताए ।

घाइतेका छिमेकी पराल्मिका सुशील सुर्यबन्शिका अनुसार एक बर्ष अघि उनिहरु बाबु छोरा भारतको रोजगारीमा गएका थिए । गाउँमा गणेश भनेर चिनिने चित्रबहादुर पुना भन्ने ठाउँमा रेलमा जादै थिए । उनि रेल बाट आफै खसे वा खसाईयो ? भन्ने बारे आफन्जन स्पष्ट हुन सकेका छैन्न । उनिहरुले छानवीनका लागि प्रवासि नेपाली संघ सस्थाहरु संघ आग्रह गरेका छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।