ताजा अपडेट »

इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो

विहीबार, १४ मंसिर २०८०, ११ : ५३
86 Shares
विहीबार, १४ मंसिर २०८०
86 Shares

 काठमाडौँ । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ । इजरायली सेनाले "बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै" हमाससँगको युद्धविराम कायम रहने बताएको छ।

यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ । समाचार एजेन्सी रोयटर्सले यो जानकारी दिएको छ । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको थियाे। जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।

यस अवधिमा युद्धविराम लागू हुन्छ। साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्। यो युद्धविरामको आज छैटौं दिन हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।