ताजा अपडेट »

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै

मंगलबार, १२ मंसिर २०८०, १६ : ३५
108 Shares
मंगलबार, १२ मंसिर २०८०
108 Shares

काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो। एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।

सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

सिनेमालाई भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । जीवन थापा सिनेमाका निर्देशक हुन् । आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ ।

‘प्रेमगीत ३’ को हिन्दी डब भारतमा रिलिज भएपछि सोका वितरक सुवास कालेले प्रदिपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए । यसैका लागि प्रदिपले ‘प्रेमगीत(३’ पछि निक्कै बाक्लो मात्रामा मुम्बई आउजाउँ गरिरहेका थिए । हिन्दीसँगै यो सिनेमा नेपाली तथा तमिल भाषामा समेत रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

https://youtu.be/y7yfSG__G84?si=X5ADHFcx93K_tK5u
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।