माघ २३,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ मा रहेको हेभन इङलिस स्कूलमा आईएसए एक्सहिबिशन (प्रदर्शनी) तथा फुड फेस्टीवल सम्पन्न भएको छ । बिहिबार भएको कार्यक्रममा विभिन्न प्रोजेक्टहरु समेत गरेका थिए । जडिवुटी, पानीको महत्व ,जनावरहरु, चाडपर्व, च्याउ खेती, थारु समुदायको खानाहरु, वरिपरिका वोटविरुवाहरु, शुन्य फोहोर लगायतका प्रोजेक्टहरु गर्दै आइरहेका छन् देश विदेशका स्कुलहरुसँग समन्वय तथा आदानप्रदान गरिरहेका छन् ।
विद्यार्थीहरुले विभीन्न खानाका परीकारहरु बनाई भरपूर मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गरेका थिए । खानामा खिचडी, सेलरोटी, माछा, वुनियाँ, माने रोटी, ढिकरी, पुरी अचार, खिर, गुडको लड्डु लगायतका खाने कुराहरु बनाएका थिए । सामुदायीक तथा संस्थागत प्रोजेक्ट च्याउ खेतीमा विद्यार्थीहरुले आफै उमारेको च्याउ पनि विक्री गरेका थिए । कार्यक्रममा थारु, मगर, गुरुङ्ग संस्कृती झल्कने झाँकी तथा नृत्य पनि प्रस्तुत गरेको विद्यालयकी शिक्षीका शुशिला कार्कीले वताइन ।
विद्यालय माघ २१ गते देखि शुन्य पोलीथिन घोषणा भएको छ ।
प्रतिक्रिया